images
images
  • गगन थापाले बोलाए काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने गरि बोलाइएको छ ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

    कांग्रेसका नेता पूर्णबहादुर खड्का पक्षले महाधिवेशनमा भाग लिने भएपछि बैठकले उनी पक्षका नेताहरुलाई केन्द्रीय समितिमा सहभागी गराएर महाधिवेशनमा सहभागी हुने वातावरण बनाइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images