images
images
  • बाढी प्रभावित विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको छात्रवृत्ति

    काठमाडौं– भोटेकोशी बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति दिने भएको छ ।

    कलेजले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष चार जना विद्यार्थीलाई छात्रवृत्ति दिने जनाएको छ । यसबाट २० जना विद्यार्थी लाभान्वित हुनेछन् ।

    छात्रवृत्ति एमबीए तथा बीएस्सी बिजनेस म्यानेजमेन्ट अध्ययन गर्न चाहने बाढी प्रभावित परिवारका विद्यार्थीलाई प्रदान गरिनेछ । विपद्का कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई उच्च शिक्षा निरन्तरता दिन छात्रवृत्तिले सहयोग पुग्ने कलेजले जनाएको छ ।

    यसैगरी कलेज, कर्मचारी तथा विद्यार्थीबाट संकलित ६ लाख ७७ हजार ८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

    कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले बाढीका कारण विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन नदिन छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images