काठमाडौं– नेपालमा बीवाईडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बाढीपीडितको उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले ७ करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।
उक्त सहयोग रकम बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत वितरणसँगै पुन:स्थापना र भौतिक संरचना पुनर्निर्माणमा उपयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीका अनुसार गत साउन २६ गते आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रका परिवार तथा समुदायले ठूलो क्षति व्यहोर्नुपरेको छ । बाढीका कारण जनधनको क्षतिसँगै विस्थापन र अनिश्चितताको अवस्था सिर्जना भएको साइमेक्स बीवाईडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्




















