images
images
  • राप्रपाले बागमतीका ३ सांसदलाई सोध्यो ७२ घण्टे स्पष्टीकरण

    काठमाडौं– बागमती राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको ह्वीप उल्लंघन गर्दै बागमती प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै तीन सांसदलाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ ।

    स्पष्टीकरण सोधिनेमा मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्य छन् ।

    राप्रपाले प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

    पार्टीको अनुशासन समितिले उनीहरूले ह्वीप उल्लंघन गरेको ठहर गर्दै विधानअनुसार प्रदेशसभा सदस्यबाट पदमुक्त तथा पार्टीको साधारण सदस्यबाट निलम्बन नगर्नुपर्ने कारणबारे स्पष्टीकरण मागेको हो ।

    यसअघि राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापालाई पार्टी निर्णयविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै कारबाही गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images