काठमाडौं– सार्वजनिक विदाका दिन पनि ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्न विभिन्न बैङ्कहरूले आफ्ना तोकिएका शाखाहरू खुला राख्ने भएका छन् ।
विदाको समयमा नगद कारोबार, चेक क्लियरिङ तथा आपत्कालीन बैंकिङ सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले बैङ्कहरूले काठमाडौँ उपत्यकालगायत देशका प्रमुख शहरका शाखाहरू खुला राख्ने जनाएका हुन् ।
बैङ्कहरूका अनुसार नियमित काउन्टर सेवा पूर्ण रूपमा सञ्चालन नभए पनि निश्चित समयका लागि तोकिएका काउन्टर तथा शाखाहरूबाट काउन्टर सेवा र डिजिटल बैंकिङ सहयोग उपलब्ध हुनेछ ।
राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको अनुमति पाएका सबै बैंकहरूले आ–आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत यसबारे सूचना जारी गरेका छन् ।
आज, भोलि र पर्सि लगातार सार्वजनिक विदा परेको छ ।
प्रतिक्रिया दिनुहोस्























