काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला तीन हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य तीन हजार ७२० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्






















