काठमाडौं – महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११ः११ अभियानका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने गरी सहकार्य भएको छ ।
सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ देखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा ग्राहकले विशेष छुट पाउनेछन् ।
बैंकका अनुसार डेबिट कार्डमार्फत भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ ।
यो सुविधा लिन ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलो आउनेलाई प्राथमिकता दिने आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने नीतिअनुसार दराजसँग सहकार्य गरिएको बैंकको भनाइ छ । यसबाट ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन मिल्नुका साथै भुक्तानी प्रक्रिया सहज बनाउन र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।






















