images
images
  • साल्ट ट्रेडिङ कर्पोरेसनले बाढीपहिरो पीडितका लागि ६० लाख सहयोग

    काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ ।

    कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीको तलबबाट कट्टा गरिएको १० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

    कर्पोरेसनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ । साथै, सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images