images
images
  • नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढ्दा चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ  थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images