images
images
  • एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं – एनएमबि बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश, कर प्रयोजनार्थसहित, वितरण गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांशमा करसमेत समावेश छ ।

    बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images