images
images
  • एभरेष्ट बैंकले १४ असोजमा साधारण सभा बोलायो, १५ प्रतिशत लाभांश प्रस्ताव

    काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकको साधारण सभा असोज १४ गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे बस्नेछ ।

    सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

    त्यस्तै, सभाले आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images