काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक विज्ञापन प्रकाशित गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय धुलिखेल–३, काभ्रेपलाञ्चोकबाट प्रकाशित सूचना अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवश्यक योग्यता र अनुभव–
शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी, तथ्याङ्क शास्त्र, व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातकोत्तर तह उत्तीर्ण ।
अनुभव: बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको (लघुवित्त क्षेत्रमा सीईओ भई काम गरेकालाई विशेष प्राथमिकता दिइने) । कम्प्युटर तथा सूचना प्रविधि (आईटी) सम्बन्धी ज्ञान हुनुपर्ने ।
उमेर: दरखास्त दिने अन्तिम मितिसम्म ५५ वर्ष ननाघेको ।
हेर्नुहोस् विज्ञापन





















