विराटनगर– श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन पूर्वमन्त्री सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन् ।
पहिलो दिन किराँती समूहलाई नबोलाइएको भन्दै असन्तुष्टि बाहिर आएको थियो ।
तर, अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता किराँतीले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पहिलो दिन पूर्वसमिति र दोस्रो दिन संयुक्त बैठक बस्ने स्पष्ट पारेका छन् ।
एकतापछि २३ सदस्यीय केन्द्रीय समिति ४१ सदस्यीय बनेको छ ।
किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइए पनि उनको समूह संगठन विस्तार र जनप्रतिनिधि भित्र्याउने अभियानमा सक्रिय छ ।
तर, पार्टी सञ्चालनमा विधि र संस्थागत प्रक्रियाभन्दा सामाजिक सञ्जाल र एकतर्फी निर्णय हाबी हुँदै गएको भन्दै किराँती पक्ष असन्तुष्ट छ ।
उनीहरूले केन्द्रीय समिति बैठकमै यो विषय उठाउने बताएका छन् ।
यद्यपि, सानातिना अपमान सहेर पनि एकता जोगाउने पक्षमा समूह रहेको बताइएको छ ।
यद्यपि अध्यक्ष साम्पाङ किराती समूहले पार्टीको विधान विपरीत कार्य गर्दै आएको भन्दै एकता भंग गर्ने चेतावनी दिएका छन् ।






















