पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
केन्द्रमा एमाले–नेकपा गठबन्धन बनेपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले पूर्वमाओवादी तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका छन् ।
उनले २४ भदौमा राजीनामा दिएपछि पुनः सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि ऊर्जा सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई भने मुख्यमन्त्री पाण्डेले आफूसँग राखेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री देवकोटाले शपथ लिइसकेका छन् ।
गत जेठ १६ मा पाण्डे ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले एमाले र माओवादीबाहेक राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाको समर्थनमा विश्वासको मत पाएका थिए ।
पछि केन्द्रमा एमाले–कांग्रेस सहमति भएपछि गण्डकीमा एमाले सरकारमा सहभागी भएको थियो ।
तर, फेरि केन्द्रमा एमाले–नेकपा सहमति भएपछि १० भदौमा एमालेका भौतिक, कृषि, स्वास्थ्य र पर्यटन मन्त्रीले राजीनामा दिएका थिए ।
ती मन्त्रालय मुख्यमन्त्री पाण्डेले नै सम्हालिरहेका थिए ।























