images
images
  • मन्त्रिपरिषद् विस्तार हुँदै : फणीन्द्र नयाँ मन्त्री बन्ने पक्का

    काठमाडौं– गण्डकीमा एमालेले छोडेको मन्त्रालयमा आज नेसपाका फणीन्द्र देवकोटा मन्त्री नियुक्त हुँदैछन् ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै साढे ११ बजे उनलाई शपथ गराउने तयारी गरेका छन् ।

    कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने भने टुंगो लागिसकेको छैन ।

    हाल भौतिक, कृषि, स्वास्थ्य र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन् ।

    केन्द्रको निर्णयअनुसार एमालेका चारै मन्त्रीले सामूहिक राजीनामा दिइसकेका छन् ।

    देवकोटा यसअघि ऊर्जा मन्त्री थिए र जेनजी आन्दोलनपछि राजीनामा दिए पनि सरकारलाई समर्थन गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images