काठामाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेड र यातायात व्यवसायी महासंघ नेपालबीच यातायात व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने समझदारी भएको छ।
समझदारीअनुसार महासंघमा आबद्ध सदस्यहरूले यातायात व्यवसायका लागि आवश्यक कुनै पनि ब्रान्डका सवारीसाधन खरिद गर्न तथा व्यवसाय सञ्चालन र विस्तारका लागि आकर्षक ब्याजदरमा कर्जा प्राप्त गर्नेछन्।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गर्नुभएको हो।
बैंकले महासंघमा आबद्ध व्यवसायीलाई आफ्ना देशभरका एक सय अठासी शाखा कार्यालयमार्फत कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। यस सहकार्यबाट यातायात व्यवसायीले सवारीसाधन खरिद तथा व्यवसाय विस्तारका लागि सहज रूपमा वित्तीय स्रोत प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यसैबीच बैंकले सवारीसाधन, कृषि तथा लघु उद्यम कर्जामा न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने विशेष योजना समेत सञ्चालनमा ल्याएको जनाएको छ।
मुक्तिनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले सहकार्यबाट यातायात व्यवसायीलाई व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।


विश्व खबर 




















