images
images
  • छुट्टै बैठक बस्दै गगनबाट बिच्किएको देउवा समूह, पार्टी फुटाउने निर्णय गर्ला ?

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्दैछ ।

    बैठकमा १५औं महाधिवेशनको तयारी, समसामयिक विषय र विविध विषयमा छलफल हुनेछ ।

    समूहका सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

    यसअघि नै संस्थापन पक्षले १५औं महाधिवेशनको मिति तोकिसकेको छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी असोज १६–१९ गते काठमाडौंमा महाधिवेशन गर्ने पूर्वनिर्णय यथावत् राखेको हो ।

    यद्यपि पार्टी फुटाउनेबारे कुनै चासो नभएको इतर समूहले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images