images
images
  • बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो ।

    भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समुन शर्माले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रममा बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा। अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो ।

    बैंकले बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images