images
images
  • बाढीका कारण रोकिएको प्रतिनिधि सभा बैठक आज बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

    काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

    मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो ।

    बैठकमा भोटेकोशी बाढीपछिको विपदबारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् ।

    यसअघि भदौ १० मा भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images