images
images
  • माटोमा फाटो : केन्द्रीय कमिटी बैठकमा सुदनलाई हर्कले बोलाएनन्

    काठमाडौं– धरानको होटल गोर्खामा आज हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।

    तर, चार महिनाअघि पार्टी एकता गरेका पूर्वमन्त्री सुदन किराती समूहलाई भने बैठकमा बोलाइएको छैन ।

    एकतापछि सुदनलाई कोशीको मुख्यमन्त्री उम्मेदवार बनाउने सहमति जस्तै थियो ।

    तर, हर्कले फेसबुकबाटै पार्टी सञ्चालन गर्न थालेपछि र सुदनसँग प्रत्यक्ष सम्पर्क नभएपछि दुई पक्षबीच गम्भीर असन्तुष्टि बढेको हो ।

    सुदन समूहलाई बैठकको जानकारीसमेत नदिइएको स्रोतले बताएको छ ।

    उनीहरूले पार्टी एकता नै संकटमा परेको बताउँदै भावी रणनीति तय गर्न छलफल थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images