काठमाडौं– झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, गाउँपालिकाका कर्मचारीबाट ७ लाख ३८ हजार ६७९ रुपैयाँ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ सङ्कलन गरिनेछ ।
गाउँपालिकाले सङ्कलन भएको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्ने जनाएको छ ।


विश्व खबर 




















