images
images
  • रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं – रिज लाइन इनर्जी लिमिटेड को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २३ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

    यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीले आगामी कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

    साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांशको कुल रकम रु. १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा रहेको छ । उक्त लाभांशमा करसमेत समावेश छ ।

    सभामा दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्तावसमेत पेश हुनेछ ।

    त्यस्तै, १२.५०४ मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने कम्पनीले जनाएको छ ।

    कम्पनीको साधारण सभा तथा लाभांश वितरणमा सहभागी हुन इच्छुक शेयरधनीका लागि आजसम्म कायम शेयर स्वामित्व महत्वपूर्ण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images