images
images
  • बाढी प्रभावित ११० परिवारलाई शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट दिने

    काठमाडौं — शिवम् सिमेन्टले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ।

    बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले नेपाल सरकारसँगको समन्वयमा प्रभावित परिवारहरूको आवास पुनर्निर्माणमा सहयोग गर्ने जनाएको हो ।

    शिवम् सिमेन्ट लिमिटेडले बाढी प्रभावित ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

    यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

    उक्त सहयोगले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

    शिवम् सिमेन्टले विपद्को कठिन घडीमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापनाका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images