images
images
  • कांग्रेस देउवापक्ष गगनको महाधिवेशनमा नमिसिने, छुट्टै गर्ने तयारीमा जुट्यो

    काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लिएर देउवा पक्ष छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ ।

    सर्वोच्च अदालतले महाधिवेशन रोक्न नमानेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नै कार्यतालिका बनाउने भएको हो ।

    गगन थापा नेतृत्वको पक्षले भदौ २४ देखि गाउँ÷नगर अधिवेशन सुरु गरी असोज १६–१९ मा महाधिवेशन गर्दैछ ।

    देउवा पक्ष भने त्यसमा सहभागी नहुने र मंसिरभित्रै आफ्नै महाधिवेशन गर्ने तयारीमा छ ।

    यसका लागि भदौ १७ मा बैठक बोलाइएको छ ।

    देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिरहेको छ ।

    सर्वोच्चमा पुनरवलोकन अनुमति पाएको मुद्दा टुंगो नलागेसम्म १४औं महाधिवेशनबाट चुनिएको कार्यसमिति नै आधिकारिक रहने उनीहरूको दाबी छ ।

    दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशन गरे निर्वाचन आयोगमा दर्ताको विवाद आउने सम्भावना छ ।

    आयोगले मान्यता दिने समूह नै ‘आधिकारिक कांग्रेस’ हुने देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले बताएका छन् ।

    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक १९ गतेसम्म गर्न पाइने व्यवस्था गरिएको छ ।

    तर देउवा पक्षले भने पुस १० सम्म नवीकरण गरेकै आधारमा महाधिवेशन अघि बढाउने योजना बनाएको छ ।

    विधानअनुसार देउवा सभापति उम्मेदवार हुन नमिल्ने भए पनि छुट्टै महाधिवेशनमा को–को उठ्छन् भन्ने टुंगो छैन ।

    कार्यतालिकामा परिवर्तन नभए ११ दिनपछि कांग्रेसको वडा अधिवेशन सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images