images
images
  • इरानको खार्ग टापुमा अमेरिकी आक्रमण जारी : ट्रम्प

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा आक्रमण भइरहेको दाबी गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा एआईबाट बनाइएको भिडियो सार्वजनिक गर्दै यो दाबी गरे तर कुनै ठोस प्रमाण वा विवरण दिएनन् ।

    रोयटर्सका अनुसार आक्रमणको पुष्टि गर्ने अन्य प्रमाण उपलब्ध नभएको ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयले पनि यसबारे मौनता अपनाएको छ ।

    भिडियो कृत्रिम रूपमा तयार गरिएको हुनसक्ने समेत अनुमान गरिएको छ ।

    खार्ग टापुबाट इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने गरेकाले यसमाथि आक्रमण भए इरानको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने बताइएको छ ।

    यसअघि अमेरिकाले इरानकै लाराक टापुमा रहेको रकेट केन्द्रमा आक्रमण गरेको थियो ।

    त्यसको जवाफमा इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको इरानी सञ्चारमाध्यमले जनाएको छ ।

    जोर्डनले भने आठवटा क्षेप्यास्त्र आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै रोकिएको बताएको छ ।

    इरानी रिभोलुसनरी गाड्र्सले आक्रमणमा केही मानवीय क्षति भएको दाबी गर्दै थप जवाफी कारबाहीको चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images