images
images
  • यस वर्षको दशैंमा टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

    काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत जुराएको छ। जसअनुसार यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको समितिले जनाएको छ।

    यस वर्ष असोज २५ गते आइतबार घटस्थापना रहेको छ। घटस्थापनाको शुभसाइत भने बिहान ११ः४७ बजे रहेको समितिले जनाएको छ।

    त्यस्तै असोज ३१ गते शनिबार फूलपाती परेको छ। त्यस दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ।

    कार्तिक १ गते महाष्टमी तथा कालरात्रि र कार्तिक ३ गते महानवमी परेका छन्। कार्तिक ४ गते विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन परेको छ।

    पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ। यसवर्ष कोजाग्रत पूर्णिमा पूजा भने कार्तिक ८ गते आइतबार परेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images