काठमाडौं – बङ्गलादेशका पूर्वविदेशमन्त्री तथा अवामी लिगका संयुक्त महासचिव मोहम्मद हसन महमुदले सन् २०२४ को राजनीतिक उथलपुथलमा पाकिस्तानको गुप्तचर निकाय इन्टरसर्भिस इन्टेलिजेन्स (आईएसआई) संलग्न रहेको आरोप लगाएका छन्।
उनले त्यसयता बङ्गलादेशमा गम्भीर मानव अधिकार उल्लङ्घन भइरहेको दाबी गरेका छन्।
महमुदले ५ अगस्ट २०२४ का घटनापछि बनेको अन्तरिम सरकार र वर्तमान सरकार पाकिस्तानसँग घनिष्ठ सम्बन्धतर्फ अघि बढिरहेको बताउँदै राजनीतिक दिशामा ‘राष्ट्रिय पुनर्विचार’ आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र नेता, कार्यकर्ता तथा समर्थकमाथिको दमन रोक्नुपर्छ र राष्ट्रिय मेलमिलाप हुनुपर्छ।’
उनले धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण, मन्दिर तथा चर्चमा क्षति र सयौँ हिन्दू घर ध्वस्त पारिएको दाबी गरे।
साथै पाँच लाखभन्दा बढी राजनीतिक विरोधी पक्राउ परेको, एक लाख २० हजारभन्दा बढी हिरासतमा रहेको तथा दुई सयभन्दा बढी अवामी लिगका नेता–कार्यकर्ताको हिरासतमै मृत्यु भएको आरोप लगाए।
महमुदले हिन्दू सन्त चिन्मय कृष्ण दासलाई धार्मिक अल्पसङ्ख्यकमाथिको दमनको विरोध गरेका कारण पक्राउ गरी जमानतविना हिरासतमा राखिएको दाबीसमेत गरे।


विश्व खबर 


















