images
images
  • भक्तपुर नगरपालिकामा ३ करोड ९ लाख आर्थिक अनियमितता

    काठमाडौं– भक्तपुर नगरपालिकामा नियमकानुनविपरीत मनपरी ढंगले बजेट खर्च गर्दा करोडौँ रुपैयाँको आर्थिक अनियमितता भएको पाइएको छ।

    महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार बागमती प्रदेशअन्तर्गतको भक्तपुर नगरपालिकामा ३ करोड ९ लाख १० हजार ९९२ रुपैयाँको अनियमितता भएको छ ।

    त्यस्तै प्रमाण र कागजात नै पेश नगरी ४ करोड ६३ लाख ४२ हजार ४४२ रुपैयाँ भुक्तानी दिइएको महालेखा परीक्षकको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदनमा उल्लेख छ।
    प्रतिवेदनअनुसार ८ करोड ६२ लाख ६१ हजार ६०७ रुपैयाँ बेरुजु कायम भएको छ । भक्तपुर नपाले कर्मचारीहरुलाई उपदानको रुपमा ५७ लाख ८७ हजार ८७९ रुपैयाँ बढी भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ।

    त्यस्तै नियमविपरीत ९३ जना कर्मचारीहरुलाई विशेष सुविधाको रुपमा रु.३५ लाख ३० हजार ५४०, कर्मचारीहरुलाई प्रोत्साहन तथा थप भत्ताको रुपमा रु.५३ लाख ३५ हजार ८३८, प्रमुख कार्यकारी अधिकृत र सात जना सवारी चालकसहितलाई अन्य भत्तामा रु.५ लाख ४८ हजार ४००, १९ जना करार कर्मचारीहरुलाई महँगी भत्ताको रुपमा ४ लाख ५६ हजार रुपैयाँ वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images