काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारको मूल्यअनुसार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
१० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















