images
images
  • अचाक्ली महँगिएको सुन–चाँदीको मूल्य ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन (शुक्रबार) यो मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

    यसअघि बिहीबार ३ लाख २० हजार ९ सय र बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

    शुक्रबार चाँदी ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images