काठमाडौं– विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुपले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो ।
प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङले विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ ।
कम्पनीले आफूहरू यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायको साथमा रहेको बताउँदै राहत तथा पुनर्स्थापनाका कार्यमा सकारात्मक योगदान पुर्याउनु आफ्नो उद्देश्य रहेको जनाएको छ ।
सामूहिक प्रयास आवश्यक
विपत्तिपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार तथा विभिन्न सरोकारवाला निकायले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ ।
प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन सरकार, निजी क्षेत्र, संघसंस्था तथा नागरिकको सामूहिक प्रयास महत्वपूर्ण हुने कम्पनीको भनाइ छ ।
स्याकार ट्रेडिङले विपद्को समयमा प्रभावित नागरिकको आवश्यकता पूरा गर्न तथा पुनर्स्थापनाको अभियानमा सहयोग पुर्याउने प्रतिबद्धतासमेत जनाएको छ।


विश्व खबर 




















