images
images
  • बिहीबार राति ९ बजेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार (विवरणसहित)

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ ।

    नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३८९ जनाको शव फेला परेको हो ।

    जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

    यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै अहिलेसम्म विभिन्न जिल्लाबाट ४६६ जनाको उद्धार गरेको जानकारी दिएको छ ।

    जसमा रसुवाबाट २८९, नुवाकोटबाट ९०, धादिङबाट ३ र काठमाडौँबाट ८४ जनाको उद्धार गरिएको छ ।

    786243481 1561729755650730 4205844997470848679 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images