images
images
  • राप्रपाभित्रको चरम विवादबीच बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत

    हेटौंडा– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

    काँग्रेससहितका विपक्षी दलहरूले बहिष्कार गरेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेश गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो ।

    प्रदेश सभामा हाल कायम रहेको १०४ सदस्यका आधारमा सो मत बहुमत भएको उपसभामुखले घोषणा गरेकी थिइन् । मतदान प्रक्रियामा केवल ५८ सांसद उपस्थित रहेका थिए ।

    बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

    निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images