काठमाडौं– मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भदौ ८ गते भएको समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत विक्रेतामार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्ना १७६ वटै शाखा कार्यालयबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार सम्बन्धित सवारी साधनको मूल्यको ६० प्रतिशतसम्म तथा विद्युतीय सवारी साधनतर्फ ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच पुग्ने तथा उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैंकले हाल अटो कर्जा, कृषि कर्जा तथा साना तथा मझौला उद्यम कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार ग्राहकको आवश्यकता र व्यावसायिक गतिविधिलाई लक्षित गर्दै बैंकले कर्जा सेवामा सहजता ल्याउने प्रयास गरिरहेको छ ।


विश्व खबर 




















