काठमाडौं– नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य आज भने ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ । सोमबार प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ९०० रुपैयाँ मा झरेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६३६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिने उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गर्ने दैनिक मूल्यका आधारमा स्थानीय बजारमा कारोबार हुँदै आएको छ ।


विश्व खबर 




















