images
images
  • इरानी संसद्‌द्वारा होर्मुजमा शुल्क असुल्ने विधेयक पारित, अमेरिकी डलर बुझाउन नपाइने

    काठमाडौं– इरानको संसद्ले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ ।

    राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगको आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।

    आयोगका प्रवक्ता हसन कास्कावीका अनुसार समुद्री सेवा, वातावरणीय सेवा, इन्धन आपूर्ति, बिमा र सुरक्षाबापत शुल्क लिइनेछ ।

    यो शुल्क इरानी रियाल वा इरानले तोकेको अन्य मुद्रामा बुझाउन सकिनेछ ।

    कास्कावीले अन्तर्राष्ट्रिय कानुनले जलमार्गको स्वतन्त्रता दिए पनि तटीय देशको सार्वभौमिकताको सम्मान हुनुपर्ने बताए ।

    फारसको खाडी र होर्मुज क्षेत्रका आफ्नै नियम र परिस्थिति रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images