images
images
  • मुख्यमन्त्री थापाको पद जोगिने सम्भावना बलियो, राप्रपाद्वारा विश्वासको मत दिन ह्विप

    बागमती– राप्रपा बागमती संसदीय दलले मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

    संसदीय दलका नेता डम्बर तामाङले सोमाबार हुने प्रदेश सभा बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित र थापाको पक्षमा मत दिन निर्देशन दिएका हुन् ।

    हिजो बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

    थापा गत ४ भदौमा एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    उनलाई सरकार जोगाउन ५६ मत चाहिन्छ ।

    तर, राप्रपा केन्द्रले भने थापालाई समर्थन गरेको भन्दै प्रदेश सांसदहरूलाई कारबाहीको चेतावनी दिँदै आएको छ ।

    केन्द्रले तीन मन्त्रीलाई १२ घण्टे स्पष्टीकरण सोधिसकेको छ भने संसदीय दलका नेता उद्धव थापालाई पहिल्यै निलम्बन गरिएको छ ।

    केन्द्रको निर्देशनको बेवास्ता गर्दै बागमती दलले ह्विप जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images