images
images
  • हर्क साम्पाङ प्रधानमन्त्री र सुदन किराती मुख्यमन्त्री बन्ने होडमा, कोशीमा श्रम संस्कृतिको अनपेक्षित विस्तार

    काठमाडौं– स्थापनाको चार महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीले आगामी चुनावमा हर्क साम्पाङलाई प्रधानमन्त्री र सुदन किरातीलाई कोशीको मुख्यमन्त्री बनाउने अभियान तीव्र पारेको छ ।

    पार्टीले ‘केचना–सगरमाथा हातेमालो’ अभियान सुरु गरेको हो ।

    प्रदेश अध्यक्ष प्रताप राईका अनुसार यो अभियान सङ्गठन निर्माण र श्रमदानलाई जोड्न केन्द्रित छ ।

    कोशी प्रदेशमा सुदन किरातीलाई मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ ।

    गत फागुन २१ को निर्वाचनमा कोशीमा रास्वपा पहिलो र श्रम संस्कृति दोस्रो शक्ति बनेको थियो ।

    पार्टीले रास्वपालाई मुख्य प्रतिस्पर्धी मान्दै आगामी प्रदेश र स्थानीय निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेको छ ।

    विशेषगरी सुनसरी–१, खोटाङ र भोजपुरमा प्रत्यक्ष जित हासिल गरेको पार्टीले अन्य धेरै निर्वाचन क्षेत्रमा उत्साहजनक मत प्राप्त गरेको छ ।

    पार्टी नेताहरूका अनुसार पुराना दलप्रति जनताको मोहभङ्ग र रास्वपाप्रति बढ्दो असन्तुष्टिले श्रम संस्कृतिको पक्षमा माहोल बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images