images
images
  • तीन वर्षीया बालिकाका परिवार र सरकारबीच तीन बुँदे सहमति (सहमतिसहित)

    काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको परिवार र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

    बालिकाको बलात्कारपछि हत्या र त्यसपछिको अवस्थाबारे छलफल गर्दै सरकारले पीडित परिवारसङ्ग उक्त सहमति गरेको हो ।

    गृह मन्त्रालयमा मध्य रातसम्म चलेको छलफलपछि भएको सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ ।

    त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ ।

    त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार शव अन्त्येष्टि कार्य गर्ने सहमति भएको छ ।

    सो सहमतिपत्रमा सङ्घीय सरकारका गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गिला चौधरीले हस्ताक्षर गरेका छन् ।

    पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    784352437 1840391813430378 3050270131411985348 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images