images
images
  • सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी

    काठमाडौं- जापानमा एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापर्वाहीबारे चेतावनी दिएको छ ।

    शिजुओका प्रान्तका प्रहरीले बिहीबार माउन्ट फुजीमा ती बालकलाई एक्लै फेला पारेपछि संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय सञ्चारमाध्यम एसबीएस टिभीका अनुसार बालकले आरोहणका क्रममा आफू थाकेको बताएपछि बुबाले उनलाई समुद्री सतहबाट दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको छैटौँ स्टेशनमा पर्खन भनेका थिए ।

    त्यसपछि बुबा जेठो छोरासँगै आरोहण जारी राखेका थिए ।

    टिभी असाहीका अनुसार बालकलाई करिब आठ घण्टासम्म खाजा र पेय पदार्थका साथ त्यहीँ पर्खन भनिएको थियो ।

    उनीसँग पैसा भने थिएन ।

    पहाडी विश्रामस्थलका कर्मचारीले बालकलाई एक्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले माउन्ट फुजीको आठौँ स्टेशनमा रहेका बुबालाई सम्पर्क गरी बालकलाई उनको जिम्मा लगाएको जनाएको छ ।

    प्रहरीका अनुसार बुबाले आफ्नो व्यवहारप्रति माफी माग्दै लापर्वाही भएको स्वीकार गरेका छन् ।

    प्रहरीले बालकलाई एक्लै छाड्नु जोखिमपूर्ण हुने भन्दै अभिभावकलाई सावधानी अपनाउन चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images