काठमाडौं– एमाले समानुपातिक सांसद ज्ञानबहादुर तामाङ बागमती प्रदेशको विनाविभागीय मन्त्री बनेका छन् ।
उनी नेसनल नमोबुद्ध सहकारीका पूर्वअध्यक्ष हुन्, जहाँ करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सहकारीको रकमबाट नुवाकोटमा ४४ रोपनी जग्गा खरिद गरी व्यक्तिको नाममा पास गरेको र सोही जग्गा धितो राखेर राष्ट्रिय सहकारी बैंकबाट १४ करोड ऋण लिएर मनपरी खर्च गरेको आरोप छ ।
प्रदेश सरकारले २८ पुस ०८१ मा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
पीडित बचतकर्ताले न्यायको गुहार मागिरहेका बेला तामाङ मन्त्री बनेपछि आलोचना बढेको छ ।
तामाङले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउन लबिङ गरिरहेको स्रोतले बताएको छ ।
नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले भने पदभार ग्रहणपछि राष्ट्रिय सदाचार नीति, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।























