images
images
  • उत्तर कोरियाद्वारा १० बढी ब्यालिस्टिक मिसाइल प्रहार

    काठमाडौं– अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको अन्तिम चरणमा उत्तर कोरियाले बिहीबार १० भन्दा बढी छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

    दक्षिण कोरियाका अनुसार ती मिसाइल प्योङयाङ क्षेत्रबाट पूर्वी समुद्रतर्फ करिब ३०० किलोमिटर टाढासम्म पुगेका थिए ।

    दक्षिण कोरियाका राष्ट्रपति कार्यालयले आपत्कालीन सुरक्षा बैठक बोलाई सेनालाई पूर्ण तयारीमा रहन निर्देशन दिएको छ ।

    साथै, उत्तर कोरियाली कदमलाई संयुक्त राष्ट्रको प्रस्तावविपरीत भन्दै तुरुन्त रोक्न माग गरिएको छ ।

    यसैबीच, दक्षिण कोरियाका विदेशमन्त्री आह्न ग्यु–ब्याकले उत्तर कोरियासँग करिब ८०–१२० आणविक हतियार रहेको अनुमान गरिएको बताए ।

    यद्यपि, वास्तविक संख्या पुष्टि गर्न कठिन रहेको उनले स्पष्ट पारे ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि ५७ वटा आणविक हतियारको दाबी गरेका थिए ।

    उत्तर कोरियाले आफ्नो आणविक तथा मिसाइल कार्यक्रम निरन्तर विस्तार गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images