images
images
  • ‘राइट टु रिकल’ र स्थानीय तह निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

    आज बस्ने बैठकको पहिलो चरणमा दस्तावेजसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

    त्यसपछि आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण गर्ने प्रस्ताव बैठकमा पेस हुने बताइएको छ ।

    त्यस्तै, संगठनात्मक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विभिन्न विषय बैठकको कार्यसूचीमा राखिएका छन् । केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनबारे छलफल तथा निर्णय हुनेछ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी प्रस्तावसमेत बैठकमा पेस हुनेछ ।

    बैठकमा योजना, कार्यक्रम तथा अभियानसम्बन्धी विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव बैठकमा राखिनेछ ।

    यस्तै, रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images