काठमाडौं– इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको बताउँदै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता अघि बढाइने बताएका छन् ।
तेहरानमा आयोजित सम्मेलनमा उनले इरानले विवेक र गरिमा कायम राख्दै वार्तालाई चरणबद्ध रूपमा अघि बढाउने बताए ।
उनका अनुसार युद्ध अन्त्य गर्नु, इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनु, रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नु र त्यसपछि आणविक विषयमा वार्ता गर्नु इरानका प्रमुख प्राथमिकता हुन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोक्न प्रशासनका प्रमुख दूतहरूलाई निर्देशन दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसको केही घण्टापछि ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेका थिए ।
तेहरान र वासिङ्टनबीच जुन १८ मा युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको समझदारीअनुसारको ६० दिने वार्ता अवधि सोमबार सकिएपछि आगामी वार्ता प्रक्रिया अनिश्चित बनेको छ ।


विश्व खबर 




















