हेटौंडा– बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका ६३ जना सांसदको समर्थनमा थापाले बुधबार दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख देवकोटाले बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
थापाले तीन दलको समर्थनमा सरकार गठनको दाबी गर्दै प्रस्ताव पेस गरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्























