images
images
  • उत्तर कोरियासँग १२० वटा परमाणु हतियार रहेको अनुमान

    काठमाडौं– दक्षिण कोरियाले उत्तर कोरियासँग ८० देखि १२० वटासम्म परमाणु हतियार रहेको अनुमान गरेको छ ।

    यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको ५७ भन्दा निकै बढी हो ।

    दक्षिण कोरियाली रक्षामन्त्री अह्न ग्यु–ब्याकले संसदीय समितिमा यो तथ्य निजी अनुसन्धानको अनुमानमा आधारित रहेको र आधिकारिक पुष्टि गर्न नसकिने बताए ।

    ट्रम्पले एक दिनअघि उत्तर कोरियासँग ५७ थान शक्तिशाली परमाणु हतियार रहेको टिप्पणी गरेका थिए ।

    दक्षिण कोरियाले सार्वजनिक रूपमा उत्तर कोरियालाई परमाणु राष्ट्र मान्ने–नमान्नेको विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images