हेटौंडा– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि मन्त्रालय बाँडफाँट अन्तिम चरणमा पुगेको छ ।
एमाले, नेकपा र राप्रपाबीच सहमति भएअनुसार एमालेले मुख्यमन्त्रीसहित २, नेकपाले २ र राप्रपाले ३ मन्त्रालय पाउने भएका छन् ।
राप्रपातर्फ राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा छन् ।
मन्त्री राजु विष्टले आज अपराह्न ४ बजे सपथग्रहणको तयारी रहेको बताएका छन् ।
तर, राप्रपाको आन्तरिक विवाद देखिएको छ ।
संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री किरण थापामगरलाई समर्थन गरे पनि प्रमुख सचेतक कुमारी तामाङले त्यो अनधिकृत भन्दै विरोध गरेकी छन् ।
पार्टीले थापालाई कारबाहीको चेतावनी दिएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले व्यक्तिगत समर्थन दलको नहुने र संख्या नपुगेको दाबी अर्थहीन हुने बताएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पनि थापालाई स्पष्टीकरण सोधिसकेका छन् ।
तैपनि थापा भने सपथ नरोकिने अडानमा छन् ।























