किभ– रूसले रातभर गरेको क्षेप्यास्त्र प्रहारबाट राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस)का अनुसार यस ‘भीषण आक्रमण’ मा आवासीय भवन र गोदामहरूलाई निशाना बनाइएको थियो ।
आक्रमणमा परी कम्तीमा २३ जना घाइते भएका छन् ।
ध्वस्त भएका भवनको भग्नावशेषमुनि थिचिएका मानिसको उद्धार गर्न टोलीहरू रातभर खटिएका छन् ।
उद्धारकर्ताहरूले भग्नावशेषबाट एक जनालाई जीवितै निकालेका छन् ।
किभका मेयर भिताली क्लित्स्कोले रातभरको आक्रमणमा एउटा बालबालिका अस्पतालमा क्षति पुगेको बताए ।
आक्रमणबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् भने नजिकै पार्क गरिएका गाडीहरूमा आगो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















