images
images
  • इरानले आक्रमण गरे चुप नबस्ने नेटोको चेतावनी

    तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध थप विस्तार गरेमा इरानले युरोपमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गर्न सक्ने सम्भावनाबारे विचार गरिरहेको रिपोर्ट सार्वजनिक भएपछि नेटोले इरानलाई चेतावनी दिएको छ ।

    नेटोका एक अधिकारीले बुधबार सीएनएनलाई बताए अनुसार गठबन्धन कुनै पनि खालको खतराको सामना गर्न पूर्ण रूपमा तयार छ र आफ्ना सबै सदस्य राष्ट्रको रक्षा गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

    उनले नेटोको निवारण तथा रक्षा क्षमता बलियो र प्रभावकारी रहेको दाबी समेत गरे ।

    अधिकारीका अनुसार यसै वर्षको मार्चमा इरानबाट टर्कीतर्फ प्रहार गरिएका चारवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई नेटोको हवाई रक्षा प्रणालीले सफलतापूर्वक निष्क्रिय पारेको थियो ।

    सो समय इरानले भने ती क्षेप्यास्त्र आफूले प्रहार गरेको भन्ने आरोप अस्वीकार गरेको थियो ।

    सोही महिना साइप्रसमा पनि ड्रोन आक्रमण भएको थियो ।

    फाइनान्सियल टाइम्सले बुधबार इरानी शासनसँग निकट रहेका स्रोतहरूलाई उद्धृत गर्दै ट्रम्पले द्वन्द्व थप विस्तार गरेमा इरानले युरोपस्थित अमेरिकी सैन्य ठिकानाहरूमा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको समाचार प्रकाशन गरेको थियो ।

    सो रिपोर्टको प्रतिक्रियामा नेटो अधिकारीले गठबन्धन कुनै पनि खतराको सामना गर्न सक्षम रहेको र आफ्ना सबै सदस्य राष्ट्रको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images