काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले मन्त्री फेर्ने कुनै तयारी नभएको स्पष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा पत्रकारसँग उनले भने, ‘कुनै मन्त्रालय वा मन्त्रीको काममा प्रश्न उठ्नु स्वाभाविक हो, त्यसलाई पार्टीले अस्वाभाविक मान्दैन ।’
आफूले पार्टीभित्रै मन्त्रीलाई प्रश्न सोध्ने गरेको र त्यसको सम्बोधनका लागि मात्र छलफल गरिएको उनले जानकारी दिए ।
मन्त्री फेर्ने विषयमा कुनै छलफल नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्























